भवन उद्घाटन गर्न बेलायती अभिनेत्री म्याग्दीमा

1 (39)

भवन उद्घाटन गर्न बेलायती अभिनेत्री म्याग्दीमा

सन्तोष गौतम

म्याग्दी, ६ बैशाख

बेलायत सरकारको उच्च सैनिक पदावी ‘भिसी’ बाट सम्मानीत तुलबहादुर पुनको स्मृतीमा बेगखोला गाविसको तिप्ल्याङ स्थित कालिका निमाविको उद्घाटन गरिएको छ । बेलायती अभिनेत्री जोहना लुम्ली, भिसी पुनकी श्रीमती पुनीसरा पुन र माईकल अलमनकी भान्जी एलीजावेथले उद्घाटन गरेका हुन । भिसी पुनको जन्मथलो तिप्ल्याङमा भुकम्पप्रतिरोधात्मक १० कोठे भवन निर्माण भएको थियो ।

 

स्वर्गीय भिसी तुलबहादरको गाउँको शैक्षिक विकासमा सहयोग गर्ने चाहना अनुसार पुनका छोरा अर्जुन र बिकास पुन, माईकल अलमनका भान्जिहरु एलीजावेथ, एन र जेम्स लुम्लीकी छोरी अभिनेत्री जोहना लुम्लीको पहलमा भवन निर्माण भएको हो । भवन बनाउन ब्रिटिस गोर्खाज वेयलफेयरको ४५ लाख रुपैया सहयोग गरेको छ । पुस्तकालय, कम्प्युटर कक्ष, शौचालय सहितको भवन बनाउन स्थानीयबासीले ४ लाख बराबरको श्रमदान गरेका थिए । “सबैको सहयोगमा आफ्नै गाउमा विद्यालय बनाउ सफल भएका छौ”पुनको छोरा अर्जुन पुनले भने । भवन निर्माण सुरु भएपछि गत वर्षो बैशाखमा भिसी पुनको ९२ वर्षो उमेरमा निधन भएको थियो । हाल अंग्रेजी माध्यमबाट पर्ढाई सुरु गरीएको सो विद्यालयमा एक सय ४० जना अध्यायनरत छन । आसपासका गाविसबाट समेत विद्यार्थी आउन थालेपछि आवाशिय सुबिधा सहितको सामुदायीक उच्च मावि बनाउने योजना रहेको विद्यालयले जनाएको छ ।

 

भवन उद्घाटन गरेपछि अभिनेत्री लुम्लीले बेलायतमा आफ्ना बुवासँगै युद्ध लडेर बहादुरी प्रर्दशन गरेका तुलबहादुर पुन लगायत गोर्खाहरुको योगदानको कदर गर्दै ग्रामिण क्षेत्रका बालबालीकाले गुणस्तरीय शिक्षा पाउन भन्ने चाहना अनुसार भवन बनाउन सहयोग गरेको बताईन । ” तुलबहादुर बेलायतीको पहिचान हुन” उनले भनिन्,” उनको स्मृतिमा भविश्यमा समेत विभिन्न सामाजिक कामहरु समेत बनाइने छ ।” सुबिधासम्पन्न भवनसँगै पुस्तकालय, कम्प्युटर र अंग्रेजी माध्यमको पर्ढाईको व्यवस्था गरिएपछि विद्यार्थीहरु आकषिर्त भएकाले यस वर्षविद्यार्थीको चाप बढेको प्रअ देवराज गर्बुजाले बताए । उनले भने,”दुइ वर्षघि भवनको जिर्ण अवस्थाले गर्दा विद्यार्थी पढ्नै आउन नमान्ने विद्यालयमा अहिले विद्यार्थीको चाप बढेको छ ।” विद्यालय बनेपछि घण्टौ हिँडेर बेग र हिस्तान पुग्ने तिप्ल्याङ, महभिर र दोसल्लेका बालबालीकाहरुलाई सुबिधा पुगेको छ ।