तुल बहादुर पुन भि.सी. प्रतिष्ठान

10300645_403013473188749_2469848000684793923_n

तुल बहादुर पुन भि.सी. प्रतिष्ठान

६ जनवरी २०१५

यो संसारमा मान्छे अजम्बरी कोही पनि हुँदैन । तर त्यस ब्येक्तिले गरेका राम्रा कामहरु भने सधैं अजम्बरी वा अमर रहन्छ । बेलायतअको सर्वोच्च युद्ध पदक भिक्टोरिया क्रस को सम्मान पाउने तुल बहादुर पुन भिसी को विरताको गाथा र वहाँले गर्नु भएको अनेकौ सामाजिक कामहरु ईतिहासको पानामा सधैं अमर रहनेछन । वहाँको बहादुरिको गाथा तथा वहाँले गर्नु भएको सामाजिक कार्यहरुलाई जिवन्त राख्दै वहाँले गर्नु भएको सामाजिक कार्यहरुलाई निरन्तरता दिनको लागि वहाँको नाम बाट संस्था खोली काम गर्ने सोच अनुसार तुल बहादुर पुन भिसी प्रतिस्ठानको स्थापना भएको हो ।  यस् प्रतिस्ठान २०६५ सालमा कास्की जिल्ला पोखरामा विधिवत रुपमा दर्ता भएको छ ।

म्याग्दी जिल्ला अन्तर्गत पर्ने बांदुक, तिप्ल्याङ् लगायत वरीपरिका धेरै गाउहरु पहिला मुस्ताङ् जिल्लामा पर्दथ्यो । त्यसबेलाको मुस्ताङ् जिल्लाको सदरमुकाम दाना थियो । तुल बहादुर पुन भि.सी १९ बर्षको सैनिक जिवनबाट अवकाश भएपछि दाना स्थित बेल्फेयर ट्रष्टमा बेल्फेयर अफिसर भएर काम गर्नु भयो । बांदुक, तिप्ल्याङ् लगायत वरीपरिका अधिकांश गाउहरुमा स्कुल खोल्ने,खानेपानीको योजना ल्याउने र गोरेटो बाटोहरु बनाउने कामहरु वहां वेल्फेयर अफिसर हुदा वहांकै पहलमा भएको हो । गोर्खा वेल्फेयर अफिसर पछि वहां बांदुक गाउको सामाजिक कार्यहरुमा लाग्नु भयो । श्री कृष्ण नि.मा.वि. बांदुक र श्री कालिका नि.मा.वि. तिप्ल्याङ्को स्थापना पनि वहांले नै गर्नु भएको हो । गाउँको सामाजिक कार्यकर्ता बाट जिल्ला सदस्य हुदै अञ्चल सदस्य सम्म भएर धेरै सामाजिक कामहरु वहांले गर्नुभएको थियो ।

तुल बहादुर पुन भि.सी. को पछिल्लो जीवन गोर्खा आन्दोलनमा समाहित भएर बितेको छ । १३ जना भिक्टोरिया क्रस पाउने गोर्खाहरुमा त्यती बेलाका जिवित ७ जना गोर्खा भी.सी. हरु मध्ये गोर्खा समानताको आन्दोलनमा बोल्ने  वहां एक मात्र भि.सी. बिजेता गोर्खा हुनुहुन्थ्यो । जीवनको अन्तिम समय सम्म गोर्खाहरुको हक अधिकारको लागि लड्नु भयो । गोर्खाहरुको आवासिय अधिकारको मुद्धाको साक्षी बस्न बेलायत आउनु भयो र बेलायतमा भएका बिभिन्न गोर्खा आन्दोलनहरुको नेतृत्व गर्नुभयो । जसले गर्दा सारा बेलायती सञ्चार माध्यमहरुले वहांको फोटो अग्रपंतीमा राखेर प्रचार गर्न थाले । बेलायतमा चर्चित सिने अभिनेत्री तथा समाजसेवी जोआना लम्ले संग वहांको भेट भयो । जोआना लम्ले जन्मनु भन्दा २ बर्ष पहिला भएको दोस्रो बिश्व यूद्धमा जोआनाको बुबालाई यूद्ध मोर्चामा गोली लागेर घायल भएको अवस्थामा तुल बहादुर पुन ले वहांलाई बोकेर सुरक्षित ठाउमा लगेर बचाएका थिए । त्यसको २ बर्ष पछि मात्र जोआना जन्मेकी थिईन् । त्यसको गुण स्वरुप जोआना लम्ले खुलेर गोर्खा आन्दोलनलाई साथ दिदै आन्दोलनको नेतृत्व गरिदिईन् र गोर्खा आवासिय अधिकारको मुद्धा जित्न गोर्खाहरु सफल भए । अहिले हजारौ गोर्खाहरु सुबिधा सम्पन्न देश बेलायतमा बिभिन्न सुविधाहरु लिएर बस्न पाएका छन् ।

सन २००७ मा आफ्नो स्वास्थ्यको उपचार गर्नको लागि बेलायती दुताबासमा आवासिय निवेदन दिदा, हरेक दुई बर्षमा हुने बेलायती महारानीको निमन्त्रणामा बेलायत आउने बेलायतको सर्वोच्च युद्ध पदक भिक्टोरिया क्रस विजेता ब्यक्तिलाई नेपाल स्थित बेलायती दुतावासले नेपालमा गोर्खा आन्दोलनलाई समर्थन गरेको रिसवीको भरमा बेलायत सँगको कुनै सम्बन्ध नभएको जस्ता बेतुक तर्क दिएर निवेदन अस्विकार गरिदिएको थियो । यसरी भिक्टोरिया क्रस जस्तो बेलायतको सर्वोच्च युद्ध पदकको सम्मान पाएको ब्यक्तिलाई बेलायत आउन नेपाल स्थित बेलायती दुतावासले रोकेपछी बेलायती संचारहरुले भिक्टोरिया क्रस को सम्मान पाएको ब्यक्तिलाई बेलायत आउन रोक्यो भनेर प्रचार गरिदियो । यो खबरले बेलायती जनताहरुले बिरोध जनाय पछी संसद् भवनमा समेत कुरा उठ्यो र बेलायती अध्यागमन मन्त्रिले समेत स्पष्टिकरण दिनु पर्‍यो । त्यस्को लगतै गल्ती स्विकार गरी माफि माग्दै तुल बहादुर पुन भी सी लाई बेलायत आउने र बस्ने अनुमती दियो । त्यती मात्रले बेलायती जनता खुशी हुन सकेनन । वहाँलाई स-सम्मानको साथ ल्याउनु पर्छ भनेर आवाज उठाये पछी बेलायत सरकारले हिथ्रो एअरपोर्टमा तुल बहादुर पुन भी सी लाई गार्ड अफ अनर को सम्मान दिने निर्णय गर्नु पर्‍यो र बेलायतको सर्वोच्च सम्मान गार्ड अफ अनर दिएको थियो । वहां यो सम्मान पाउने पहिलो नेपाली पनि हो ।

 

म्याग्दीको दुर्गम गाउमा जन्मेको एउटा व्यक्तिले यस्ता अनेकौं अमर ईतिहास रचेका छन् । यो देशकै लागि गर्वको कुरा हो । वहांले गर्नुभएका यस्ता बिभिन्न ऐतिहासिक कामहरु हाम्रो भावि पुस्ताहरुको लागि उदाहरणिय छन् । आज वहांको भौतिक शरीर यस धर्तिमा नभए पनि वहांको योगदानहरु ईतिहासका पानाहरुमा सधै अमर रहने छन् । वहांका यि अमर ईतिहासहरुलाई जिवन्त राख्न र वहाँले गर्नु भएको सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रयास यस तुल बहादुर पुन भि.सी. प्रतिष्ठानले गरेको छ । यस प्रतिष्ठानको अनुरोध र जोआना लम्लेको बिशेष पहलमा गोर्खा वेल्फेयर ट्रष्टले तिप्ल्याङ्मा श्री कालिका नि.मा.वि. को लागि सुबिधा सम्पन्न पक्की भवन बनाई १७ अप्रिल २०१२ मा जोवाना लम्लीको बाहुली बाट समुद्घाटन भैसकेको छ भने अन्य भवनहरु पनि निर्माणाधिन् अवस्थामा छन । बादुक तिप्ल्याङ का जनताहरुले तिप्ल्याङ देखी बादुक सम्म जाने मोटर बाटोको नामलाई पुन भी.सी. मार्ग राखेका छन । यो बाटोको नामाकरण पनि १७ अप्रिल २०१२ मा जोवाना लम्ली बाट भएको थियो । यो बाटोको खन्नको लागि बेगखोला कल्याणकारी शाखा युके को पहलमा आर्थिक संकलन् गरी सम्पन्न भएको छ । भविस्यमा वहाँले भिक्टोरिया क्रस पाउनु भएको दिन २३ जुन १९४४ लाई उत्सवको रुपमा र देहन्त भएको दिन २० अप्रिल २०१० (२०६९ साल वैशाख ७) लाई स्मृतिको रुपमा मनाउने योजना रहेको छ । श्री कृष्ण नि.मा.वि. बांदुक,श्री कालिका नि.मा.वि.तिप्ल्याङ् र शिवालय प्रा.वि. दोशल्लेमा यस प्रतिष्ठानले बिदेशी संस्थाहरु संग सहकार्य गर्दै बिभिन्न सहयोगहरु सन्चालन गरिरहेको छ भने केही संस्थाहरु बाट सहयोग उपलब्ध गराउने सहमति गराई सकेको छ । अहिले वहांको जन्म स्थान बांदुक तिप्ल्याङ्लाई केन्द्र बिन्दु बनाई काम गरिएको भएता पनि भविश्यमा वरिपरिका सबै गाउहरुलाई समेट्दै लैजाने उदेश्य यस तुल बहादुर पुन भि.सी. प्रतिष्ठानले राखेको छ ।

अर्जुन तिलिजा पुन

तुल बहादुर पुन भि.सी. प्रतिष्ठान